Isaiah 51:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू, जसले ठीक कुरा जान्‍दछौ र जसका हृदयमा मेरो व्‍यवस्‍था गढेर बसेको छ, मेरा कुरा सुन। मानिसहरूले तिमीहरूलाई खिसी र अपमान गर्दा तिमीहरू नडराओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जे असल छ त्‍यो जान्‍नेहरू, र तिमीहरू जसको हृदयमा मेरो व्‍यवस्‍था छ, मेरो कुरा सुन। मानिसहरूको निन्‍दादेखि नडराओ, न त तिनीहरूको गिल्‍लादेखि भयभीत होओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जे असल छ, त्यो जान्‍नेहरू र तिमीहरू, जसको हृदयमा मेरो व्यवस्था छ, मेरो कुरा सुन। मानिसहरूका बदनामदेखि नडराओ, न त तिनीहरूको अपमानदेखि भयभीत होओ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जसले मेरो धार्मिकतालाई जान्दछौ त्यसले मलाई ध्यान दिएर सुन्नु पर्छ। तिमीहरू जसले मेरो उपदेशहरू मान्दछौ उनीहरूले मैले भनेका कुराहरू मान्नु पर्दछ। दुष्ट मानिसहरूबाट नडराऊ। तिनीहरूले तिमीहरूलाई भनेका नराम्रा कुराहरूबाट नडराऊ।