Isaiah 51:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उठ्नुहोस्, हे परमप्रभु हामीलाई सहायता गर्नुहोस्! आफ्नो शक्ति प्रयोग गरेर हामीलाई बचाउनुहोस्, प्राचीन समयमा झैँ आफ्नो शक्ति प्रयोग गर्नुहोस्। समुद्रको अजिङ्गर राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाग्, जाग्! हे परमप्रभुको बाहु, शक्ति धारण गर्, र प्राचीनकालमा झैँ, उहिलेका पुस्ताहरूको समयमा झैँ जाग्। के तपाईं त्यही हुनुहुन्न, जसले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो, र त्यस अजिङ्गरलाई वारपार छेड्नुभयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जाग, जाग! हे याहवेहको बाहुली, आफैँलाई शक्ति धारण गर; बितेका समयमा झैँ, पुराना पुस्ताहरूमा झैँ जाग! के राहाबलाई टुक्रा-टुक्रा पार्ने तपाईं नै हुनुहुन्न? जसले त्यस अजिङ्गरलाई वारपार छेडिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
जाग! जाग! हे परमप्रभुको बाहु, बलवान बन्। आफ्नो बल चलाऊ जसरी तिमीहरूले धेरै अघि गरेका थियौ। जसरी तिमीहरूले प्राचीन कालमा गरेका थियौ। तिमीहरूसंग राहाबलाई पराजित गरेको त्यो शक्ति छ। तिमीहरूले अजीङ्गरलाई पराजित गर्यौ।