Isaiah 52:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसपालि तिमीहरू हतार-हतार बिदा हुनुपर्नेछैन, तिमीहरूले भाग्‍ने कोसिस गर्नुपर्नेछैन। परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ र तिमीहरूलाई चारैतिरबाट रक्षा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू हतार-हतार गरेर अथवा भागेर जानेछैनौ, किनकि परमप्रभु तिमीहरूका अगिअगि जानुहुनेछ, इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्‍तिर रक्षक हुनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू हतार-हतार गरी जानेछैनौ; अनि न त भागेर जानेछौ; किनकि याहवेह तिमीहरूका अगि-अगि जानुहुनेछ, र इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्तिर रक्षक बन्‍नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू कैदबाट मुक्त हुनेछौ, तर तिनीहरूले तिमीहरूलाई छोडन हतार गर्दैनन्। तिमीहरू बलपूर्वक खेदिनेछैनौ। तिमीहरू हिँडनेछौ अनि तिमीहरूसँग परमप्रभु हिँडनुहुनेछ। परमप्रभु तिमीहरूका सामुने जानुहुनेछ अनि इस्राएलका परमेश्वर पछिल्तिर हुनुहुनेछ।