Isaiah 52:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब धेरै जातिहरू त्‍यसलाई देखेर छक्‍कपर्नेछन्, राजाहरू आश्‍चर्य मानी बोल्‍न सक्‍नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्‍यै नजानेको कुरा भएछ भनी बुझ्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्‌। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्‍नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै उसले धेरै जातिहरूलाई पवित्र पार्नेछ; उसको कारण राजाहरूले आफ्ना मुख बन्द गर्नेछन्। किनकि तिनीहरूलाई नभनिएको कुराहरू तिनीहरूले देख्नेछन्; तिनीहरूले नसुनेका कुराहरू तिनीहरूले नै बुझ्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर अझ मानिसहरू छक्क पर्नेछन्। राजाले उसलाई हेर्नेछन, छक्क पर्नेछन र मुखबाट एक शब्द पनि निस्कने छैन्। ती मानिसहरूले मेरो दासको कथा सुनेनन्। तिनीहरूले के भयो देखे। तिनीहरूले त्यो कथा सुनेनन तर तिनीहरूले बुझे।”