Isaiah 52:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अहिले बेबिलोनियामा त्यही कुरा भएको छ। तिमीहरू कैदी भएका छौ र कसैले दाम तिरेका छैन। तिमीहरूमाथि शासन गर्नेहरूले घमण्ड गर्छन् र मेरो नाउँको निन्दा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अब मेरो यहाँ के छ र?” परमप्रभु भन्नुहुन्छ। “किनकि मेरो प्रजा सित्तैँमा लगियो, र तिनीहरूलाई शासन गर्नेहरू तिनीहरूको ठट्टा गर्छन्,” परमप्रभु भन्नुहुन्छ। “दिनभरि नै मेरो नाउँ निरन्तर निन्दित भइरहन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब यहाँ मेरो के छ र?” याहवेह घोषणा गर्नुहुन्छ। “किनकि मेरा मानिसहरू विनाकारण लगिएका छन्; अनि शासन गर्नेहरूले तिनीहरूलाई ठट्टा गर्छन्,” याहवेह घोषणा गर्नुहुन्छ। “अनि दिनभरि नै मेरो नामको निन्दा लगातार भइरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
अब हेर के भयो। अर्को जातिले मेरा मानिसहरू लगेर गयो। त्यो देशले ज्याला तिरेन्। यी जातिले मेरा मानिसहरूमा शासन गरे र उनीहरू हाँसे। ती मानिसहरूले मेरो बारेमा सधैं नराम्रा कुराहरू गर्दछन्।”