Isaiah 52:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शुभ खबर लिएर, शान्‍तिको खबर लिएर, पर्वतहरू पार गरेर आउँदैगरेका सन्‍देशवाहक देख्‍न पाउनु कति आनन्‍दको कुरा हो! त्‍यसले मुक्तिको घोषणा गर्दछ र सियोनलाई भन्‍दछ, “तेरा परमेश्‍वर राजा हुनुहुन्‍छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्‍दर छन्, जसले शान्‍तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्‍दछन्, “तेरा परमेश्‍वरले राज्‍य गर्नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुसमाचार ल्याउनेहरू, शान्ति घोषणा गर्नेहरू, उद्धार घोषणा गर्नेहरू, सियोनलाई “तेरा परमेश्‍वरले राज्य गर्नुहुन्छ!” सुसमाचार ल्याउनेहरूका पाउ पहाडहरूहुँदो कति सुन्दर!
Nepali ERV (पवित्र बाइबल)
एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं!” तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!”