Isaiah 53:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तरै पनि उसलाई चोट दिनु र कष्‍ट सहन लाउनु परमप्रभुको इच्‍छा थियो। परमप्रभुले उसको जीवनलाई पाप काट्‍ने बलिदान बनाउनुभएको भए पनि उसले आफ्‍ना सन्‍तान देख्‍नेछ र परमेश्‍वरको योजना ऊद्वारा सफल हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि उसलाई चकनाचूर र कष्‍टमा पार्न परमप्रभुको इच्‍छा थियो, र परमप्रभुले उसको प्राणलाई दोषबलिझैँ बनाउनुभए तापनि, उसले आफ्‍ना छोराछोरीलाई देख्‍नेछ र आफ्‍नो दिन बढ़ाउनेछ र परमप्रभुको इच्‍छा उसकै हातमा उन्‍नत हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि याहवेहलाई उसलाई कुल्चिन र कष्‍ट दिन इच्छा लाग्यो; याहवेहले उसको जीवनलाई दोषबलि बनाउनुभए तापनि उसले आफ्नो सन्तान देख्नेछ, र उसका दिनहरू बढाइनेछन्; अनि उसको हातमा याहवेहको इच्छा पूरा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ।