Isaiah 53:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले उसलाई तुच्छ ठान्यौं र अस्वीकार गर्यौं, उसले दु:ख र कष्ट सह्यो। कसैले पनि ऊतिर हेरेन, हामीले उसलाई केही नठानी ध्यानै दिएनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूबाट ऊ घृणित र तिरस्कृत गरियो, दुःखित मानिस, जो कष्टसित परिचित थियो। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरूले आफ्ना अनुहार लुकाउँछन्; ऊ घृणित थियो, र हामीले उसलाई कुनै मूल्यको ठानेनौँ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं।