Isaiah 53:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ऊसित रूखो व्यवहार गरियो तर त्यो उसले नम्र भएर सह्यो, उसले मुखबाट एउटा शब्द पनि निकालेन। काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ उसले आफ्नो मुख खोलेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ऊ थिचोमिचोमा पर्यो, र उसलाई कष्ट पर्यो, तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्तै ऊ डोर्याएर लगियो। आफ्नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्नो मुख खोलेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसलाई सताइयो र उसलाई कष्ट दिइयो, तर पनि उसले आफ्नो मुख खोलेन; उसलाई मारिन लगिएको थुमाझैँ लगियो; ऊन कत्रनेहरूको सामु भेडा शान्त रहेझैँ, उसले आफ्नो मुख खोलेन।
Nepali ERV (पवित्र बाइबल)
उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन्।