Isaiah 53:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टहरूसित ऊ चिहानमा राखियो, धनीहरूसित गाडियो, तथापि उसले कहिल्‍यै कुनै अपराध गरेको थिएन, कहिले झूट बोलेको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसको चिहान दुष्‍टहरूसित बनाइयो, र मृत्‍युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसको चिहान दुष्‍टहरूसित बनाइयो, तर मृत्युमा उसले धनी व्यक्तिको चिहान पायो; किनकि उसले कुनै अत्याचार गरेको थिएन, न त उसको मुखमा कुनै छल नै थियो।
Nepali ERV (पवित्र बाइबल)
उ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए।