Isaiah 54:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डाँडा-पर्वतहरू टुक्रा-टुक्रा हुन सक्‍लान्, तर तिमीहरूको निम्‍ति मेरो प्रेम कहिल्‍यै अन्‍त हुनेछैन, मेल-मिलापको यो मेरा करार म सदाकाल राखिछोड्‍नेछु।” तँलाई दया गर्नुहुने परमप्रभुले त्‍यसो भन्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्वतहरू हल्‍लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्‍ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्‍तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहाडहरू हल्‍लाइए र डाँडाहरू हटाइए तापनि तँप्रतिको मेरो अचुक प्रेम कहिल्यै हटाइनेछैन, न त शान्तिको मेरो करार हटाइनेछ” तँलाई कृपा गर्नुहुने याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “पर्वतहरू हराउन सक्छन्, अनि डाँडाहरू धूलो हुनसक्छन्, तर मेरो दया तिमीहरूबाट अलग हुनेछैन्। म तिमीहरूसँग शान्ति कायम गर्नेछु अनि यसको कहिल्यै अन्त हुनेछैन्।” परमप्रभुले तिमीहरूमाथि दया दर्शाउनु हुन्छ। अनि उही परमेश्वरले यी कुराहरू भन्नुभयो।