Isaiah 54:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “ए यरूशलेम, दु:ख भोगिरहेको, असहाय र सान्त्वना दिने कोही नभएको सहर, म बहुमूल्य पत्थरहरूले फेरि तेरो जग बसाल्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे दु:खमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर, हेर्, म फिरोजा पत्थरले तँलाई बनाउनेछु, नीरले तेरो जग बसाल्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे दुःखमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्त्वना नपाएकी सहर, म तँलाई बहुमूल्य पत्थरहरूले निर्माण गर्नेछु; तेरा जगहरू नीलमणिले निर्माण गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमी गरीब शहर! शत्रुहरू तूफान सरह तिमीहरूका विरूद्ध आई लागे। अनि कसैले पनि सान्त्वना दिएनन्। तर म फेरि तिमीलाई निर्माण गर्छु ढुङ्गाहरूका भित्ताहरू सजाएर म सुन्दर ढुङ्गाले तिमीलाई बनाउनेछु। म बहुमूल्य ढुङ्गाहरू प्रयोग गरेर तिम्रो वरिपरिको पर्खालहरू बनाउनेछु।