Isaiah 54:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आगोको भुङ्ग्रो बनाएर हतियार तयार गर्ने लोहारलाई मैले सृष्टि गरेको हुँ र ती हतियार चलाउने सिपाहीलाई पनि मैले सृष्टि गरेको हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हेर, आगोको भुङ्ग्रो फुक्ने, र आफ्नो कामको निम्ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्टि गरें। र उत्पात गरेर नष्ट गर्नेलाई पनि मैले नै सृष्टि गरेको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हेर्, लोहारलाई सृष्टि गर्ने म नै हुँ, जसले कोइला फुकेर ज्वाला बनाउँछ, र काम गर्ने ठिक हतियार बनाउँछ। उत्पात गरेर नष्ट पार्नेलाई मैले नै सृष्टि गरेको हुँ;
Nepali ERV (पवित्र बाइबल)
हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ।