Isaiah 54:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कुनै हतियारले तँलाई चोट लगाउन सक्नेछैन। तँलाई दोष लाउनेहरूको मुखमा बुजो लाग्नेछ। म मेरा सेवकहरूको बचाउ गर्नेछु र तिनीहरूलाई विजय दिनेछु।” परमप्रभु बोल्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो विरुद्धमा बनाइएको हतियार पनि काम लाग्नेछैन; अनि तँलाई दोष लगाउने हरेक जिब्रोलाई तैँले चुप लगाउनेछस्। याहवेहका सेवकहरूका पैतृक सम्पत्ति यही हो, र तिनीहरूप्रति मेरो धार्मिकताको प्रमाण यही हो” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्।” परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्।”