Isaiah 54:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा सृष्टिकर्ता तेरा लोग्नेझैँ हुनुहुनेछ, उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। इस्राएलका पवित्र परमेश्वर तेरा उद्धारकर्ता हुनुहुन्छ, उहाँ सारा संसारका परमेश्वर कहलाइनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तेरा सृष्टिकर्ता तेरा पति हुनुहुन्छ— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्छ। उहाँ सारा पृथ्वीका परमेश्वर कहलाइनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तेरो सृष्टिकर्ता तेरो पति हुनुहुन्छ; उहाँको नाम सेनाहरूका याहवेह हो; इस्राएलका पवित्र परमेश्वर तेरा उद्धारकर्ता हुनुहुन्छ; उहाँ सारा पृथ्वीका परमेश्वर कहलाइनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने तेरा लोग्ने तेरा सृष्टिकर्त्ता हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो! उहाँ इस्राएलको संरक्षक हुनुहुन्छ। उहाँ इस्राएलको एकजना परमपवित्र हुनुहुन्छ। अनि उहाँलाई सारा पृथ्वीका परमेश्वर भनिनेछ।