Isaiah 54:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए इस्राएल, लोग्नेले त्यागेकी एउटी तरुणी स्वास्नीजस्तो तँ अत्यन्त दु:खी भएकी छे। तर परमप्रभुले तँलाई फेरि बोलाउँदै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यागिएकी र आत्मामा दु:खित भएकी, तरुणावस्थामा विवाह भएर पछि त्यागिएकी पत्नीलाई झैँ तेरा परमप्रभुले तँलाई फेरि बोलाउनुहुनेछ,” तेरा परमेश्वर भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा परमेश्वर भन्नुहुन्छ, त्यागिएकी र आत्मामा दुःखित स्त्रीलाई झैँ र जवानीमा विवाह भएर त्यागिएकी पत्नीलाई झैँ याहवेहले तँलाई फेरि बोलाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमी त्यस्ती आइमाई थियो जसलाई लोग्नेले त्यागिसकेको थियो। परमेश्वरको विषयमा तिमी तिम्रो अन्तर आत्मामा एकदमै दुखित थियौ, तर उहाँले तिमीलाई आफ्नो बनाउन बोलाउनु भयो। तिमी त्यस्ती आइमाई हौ जसले सानो उमेरमा विवाह गरेकी थिई। अनि उसको लोग्नेले परित्याग गरेको थियो। तर परमेश्वरले तिमीलाई आफ्नो बनाउन बोलाउनु भएको थियो।