Isaiah 54:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“नोआका समयमा फेरि पृथ्वीमा जलप्रलय कहिल्यै पठाउनेछैनँ भनी मैले प्रतिज्ञा गरेको थिएँ, अब म प्रतिज्ञा गर्दछु कि म तँसित फेरि रिसाउनेछैनँ, म तँलाई हप्काउने र दण्ड दिनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो त मेरो निम्ति नोआको पालोका दिनहरूजस्तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्वीलाई फेरि डुबाउनेछैनँ, त्यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्यै हप्काउनेछैनँ भनी मैले शपथ खाएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो मेरो निम्ति नोआको समयजस्तै हो; किनभने नोआका समयमा पानीजस्तै फेरि पृथ्वीमा जलप्रलय कहिल्यै हुनेछैन भनी मैले शपथ खाएको छु। यसकारण तँसित कहिल्यै रिसाउनेछैनँ; तँलाई फेरि हप्काउनेछैनँ भनी मैले अहिले शपथ खाएको छु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “सम्झ नूहको समयमा मैले संसारलाई जलप्रलयद्वारा दण्डित गरेको थिएँ। तर मैल नूहसँग वचन राखेको थिएँ कि म फेरि संसारलाई जलप्रलय द्वारा विध्वंश गर्ने छैन। त्यस्तै प्रकारले म तिमीहरूसँग करार बाँध्दछु कि कहिल्यै पनि म तिमीहरूसँग रिसाउने छैन अनि नराम्रा कुराहरू गर्ने छैन।”