Isaiah 55:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे तिर्खाएकाहरू हो, यहाँ आओ, यहाँ पानी छ! हे रकम-पैसा नभएकाहरू हो, अन्न किनेर खाओ! आएर सित्तैंमा दाखमद्य र दूध किन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे सबै तिर्खाएकाहरू हो, पानीनिर आओ; जससित धन छैन, तिमीहरू पनि आओ, र किनेर खाओ! आओ, विनाधन, विनामूल्य दाखमद्य र दूध किन!
Nepali ERV (पवित्र बाइबल)
“हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।