Isaiah 55:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो वचन पृथ्वीलाई भिजाउन आकाशबाट झर्ने वर्षा र हिउँजस्तो छ; त्यसले जमिन नभिजाई फर्कंदैन र त्यसले छर्नलाई बिउ र खानालाई भोजन दिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी वर्षा र हिउँ आकाशबाट तल झर्छ, र पृथ्वीलाई नभिजाएसम्म र त्यसमा कोपिला लागेर उब्जनी नदिएसम्म, त्यसले छर्नेलाई बिउ र खानेलाई भोजन नदिएसम्म फर्केर जाँदैन;
Nepali ERV (पवित्र बाइबल)
“पानी र हिँऊ आकाशबाट र्बषन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्। जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्। तब धर्तीले बिरूवामा टुसा उमार्दछ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन् अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।