Isaiah 55:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे मानिसहरू हो, मेरो कुरा सुन र मकहाँ आओ र सुन तिमीहरूले जीवन पाउनेछौ! म तिमीहरूसित एउटा अनन्‍त करार बाँध्‍नेछु। मैले दाऊदलाई प्रतिज्ञा गरेका आशिष्‌हरू तिमीहरूलाई दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्‌। म तिमीहरूसित अनन्‍त करार बाँध्‍नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासको प्रेम।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कान थाप र मकहाँ आओ; मेरो कुरा सुन, ताकि तिमीहरू जीवित रहन सक। म तिमीहरूसित अनन्तको करार बाँध्नेछु; दावीदलाई प्रतिज्ञा गरेको मेरो विश्‍वासयोग्य प्रेम।
Nepali ERV (पवित्र बाइबल)
मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।