Isaiah 55:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तिमीहरूले विदेशी जातिहरूलाई बोलाउनेछौ, तिनीहरूले एक समय तिमीहरूलाई चिन्दैनथे, तर अब तिमीहरूसित मिल्न दगुरेर आउनेछन्! म परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका पवित्र परमेश्वरले यो गरेर नै छोड्नेछु, म तिमीहरूलाई मान र गौरव दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्चय तिमीहरूले नजानेका राष्ट्रहरूलाई तिमीहरू बोलाइपठाउनेछौ; अनि याहवेह इस्राएलका पवित्र परमेश्वरका कारण तिमीहरूलाई नचिनेका जातिहरू तिमीहरूतिर हतारसाथ आउनेछन्; किनकि उहाँले तिमीहरूलाई गौरवले भर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ, तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ। ती जातिहरूले तिमीहरूलाई जान्दैनन् तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्। यस्तो घटना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ। इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।