Isaiah 56:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो पवित्र डाँडा सियोनमा म तिमीहरूलाई ल्‍याउनेछु र मेरो प्रार्थनाको भवनमा तिमीहरूलाई हर्षित तुल्‍याउनेछु र मेरो वेदीमा तिमीहरूले चढाएका बलिहरू ग्रहण गर्नेछु। मेरो मन्‍दिर सबै जातिहरूको निम्‍ति प्रार्थनाको भवन कहलाइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई म आफ्नो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा आनन्द दिनेछु। तिनीहरूले मेरो वेदीमा चढाएका होमबलि र बलिदानहरू म ग्रहण गर्नेछु; किनकि मेरो घर सबै जातिहरूका लागि प्रार्थनाको घर हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूलाई मेरो पवित्र पर्वतमा ल्याउनेछु। म तिनीहरूलाई मेरो प्रार्थनाको घरमा खुशी पार्नेछु। तिनीहरूले चढाएका होमबलि र बलिदानहरूले मलाई खुशी पार्नेछ। किन? किनभने मेरो मन्दिर सबै जातिहरूका निम्ति प्रार्थनाको घर हुनेछ।”