Isaiah 57:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू देवताहरूको खोजी गर्दा-गर्दा तिमीहरू थाकिसक्‍छौ र पनि ती खोज्‍न छोड्दैनौ। तिमीहरूका घिनलाग्‍दा मूर्तिहरूले बल दिन्‍छ र तिमीहरू कहिल्‍यै कमजोर हुनेछैनौ भनी ठान्‍दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका सबै चालको कारण तिमीहरू थाक्‍यौ, तापनि तिमीहरूले यसो भनेनौ, ‘आशा छैन’। तिमीहरूले नयाँ बल पायौ, यसैले तिमीहरूले मूर्च्‍छा खाएनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू आफ्नो लामो मार्गले गर्दा थकित भयौ, तर तिमीहरूले, ‘यो व्यर्थको हो’ भनेनौ। तिमीहरूले नयाँ सामर्थ्य पायौ, यसैकारण तिमीहरू मूर्च्छा परेनौ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले ती कामहरू गर्नेलाई पूरा परिश्रम गर्यौ अनि कहिल्यै थाकेनौ। तिमीहरूले अतिरिक्त बल प्राप्त गर्यौ, किनभने तिमीहरू निराश र थकित भएनौ।