Isaiah 57:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई डरमा पार्ने यी देवताहरू को हुन् र तिमीहरू मलाई झूटा कुरा भन्छौ र मलाई पूर्णरूपमा भुल्दछौ? के म यसबारे चुप लागी बस्न नसकेको हुनाले मलाई तिमीहरूले आदर गर्न छोडेका हौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले कसको डर र भय मानेकाले मप्रति झूटा भयौ र न त मेरो सम्झना गर्यौ, न तिमीहरूको मनमा मेरो विचार गर्यौ? के धेरै समयसम्म म मौन बसेकोले तिमीहरू मेरो डर मान्दैनौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कोसित तिमीहरू यति साह्रो डरायौ र त्रसित भयौ, कि तिमीहरू मप्रति झूटो भयौ; अनि न त मलाई सम्झना गर्यौ, न त आफ्ना हृदयमा यस विषयमा विचार गर्यौ? के धेरै बेरसम्म म चुप रहेँ भनेर नै तिमीहरूले मलाई आदर गर्न छाडेका हौ त?
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले मलाई सम्झना गरेनौ। तिमीहरूले मलाई हेर्दा पनि हेरेनौ। यसकारण तिमीहरू चिन्ता गर्ने को थियौ? कससँग डराएका थियौ? किन झूट बोल्यौ? हेर, म लामो समयदेखि चुपचाप छु अनि तिमीहरूले मलाई सम्मान गरेनौ।