Isaiah 57:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मद्दतको लागि पुकार गर्दा, तिम्रा मूर्तिहरूले तिमीहरूको बचाउ गरून्। हावाको एक झोक्‍काले तिमीहरूलाई उडाई लैजानेछ। तर ममाथि भरोसा राख्‍नेहरूचाहिँ देशमा बास गर्नेछन् र मेरो मन्‍दिरमा मलाई पुज्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले सहायताको निम्‍ति पुकारा गर्दा तिमीहरूले बटुलेका मूर्तिहरूले तिमीहरूलाई बचाऊन्‌! बतासले तिनीहरूलाई उड़ाएर लैजानेछ। एकै सासले तिनीहरू जम्‍मैलाई उड़ाएर लैजानेछ। तर जुन मानिसले मलाई आफ्‍नो शरणस्‍थान बनाउँछ, त्‍योचाहिँ देशको हकवाला हुनेछ र मेरो पवित्र पर्वतको अधिकारी हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले सहायताको निम्ति पुकार्दा तिमीहरूले थुपारेका मूर्तिहरूले नै तिमीहरूलाई बचाऊन्! हावाले तिनीहरू सबैलाई उडाइलानेछ; एकै सासले पनि तिनीहरूलाई टाढा लानेछ। तर मलाई शरणस्थान बनाउने मानिसले देशमाथि अधिकार गर्नेछ, र मेरो पवित्र पर्वतलाई प्राप्‍त गर्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरूलाई सहायताको खाँचो पर्यो तिमीहरूले ती झूटा देवताहरूलाई गुहार मग्‌यौ जुन मूर्तिहरू तिमीहरूले आफ्ना वरिपरि भेला गरेका थियौ। तिनीहरूलाई त्यही मूर्तिहरूले सघाओस्। तर म तिमीहरूलाई भन्छु बतासले तिनीहरू सबैलाई उडाई लैजानेछ। बतासको एक वेगले तिनीहरूलाई उडाई लैजानेछ। तर त्यो मानिस जो ममाथि आश्रित छ त्यसले त्यो जमीन पाउनेछ, त्यो म वचन दिन्छु। त्यस मानिसले मेरो पवित्र पर्वत पाउनेछ।