Isaiah 57:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म उच्‍च, पवित्र र सनातनको परमेश्‍वर हुँ। म अग्‍लो र पवित्रस्‍थानमा बास गर्छु तर म नम्र र पश्‍चात्ताप गर्ने मानिसहरूसित पनि बास गर्दछु। त्‍यसरी म तिनीहरूका आशा र भरोसा फेरि जगाउन सक्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि सदासर्वदा जीवित हुनुहुने, उच्‍च र श्रेष्‍ठ, जसको नाउँ पवित्र हो, उहाँ भन्‍नुहुन्‍छ, “म उच्‍च र पवित्र ठाउँमा बस्‍दछु, विनम्रको आत्‍मा जागृत गराउन र पश्‍चात्तापीको हृदय जागृत गराउन, त्‍यससँग पनि बस्‍दछु जो आत्‍मामा पश्‍चात्तापी र विनम्र छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उच्‍च र सर्वश्रेष्‍ठ परमेश्‍वर भन्‍नुहुन्छ: जो सदाकालको निम्ति रहनुहुन्छ, जसको नाम पवित्र होः “म उच्‍च र पवित्र ठाउँमा बस्छु, तर नम्रहरूको आत्मा र पश्‍चात्तापीहरूको हृदयलाई जागृत पार्न, आत्मामा नम्र र पश्‍चात्तापी भएकाहरूसित पनि बस्दछु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर उच्च हुनुहुन्छ र माथि उठनु भएको छ। परमेश्वर सदा सर्वदा जीवित हुनुहुने परमेश्वरको नाउँ नै पवित्र हो। परमेश्वर भन्नुहुन्छ, “म उच्च र पवित्र ठाउँमा बस्दछु, साथै ती दुखी र नम्र मानिसहरूसँग बस्दछु। जो हृदयमा नम्र हुँदछ तिनीहरूलाई म नयाँ जीवन प्रदान गर्दछु। जो हृदयमा पश्चाताप गर्छन तिनीहरूलाई पनि म नयाँ जीवन प्रदान गर्दछु।”