Isaiah 57:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पापले गर्दा म तिनीहरूसित रिसाएँ र तिनीहरूलाई दण्ड दिएँ र त्यागें। तर तिनीहरू ढीट अटेरी भएर आफ्ना कुमार्गमा लागिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसको पापले भरिएको लोभको कारण म रिसाएको थिएँ। मैले त्यसलाई दण्ड दिएँ, र मेरो मुख लुकाएँ। तर पनि त्यो आफ्नै चालमा अटेरी गरेर चल्दैरह्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई त्यसको पापपूर्ण लोभले रिस उठायो; मैले त्यसलाई दण्ड दिएँ, र रिसमा आफ्नो अनुहार लुकाएँ; तापनि त्यो आफ्नै इच्छाको मार्गमा चलिरह्यो।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले पाप काम गरे अनि त्यसैले मलाई क्रोधित बनाए। यसैले मैले इस्राएललाई दण्ड दिएँ, उबाट मैले मुख फर्काएँ किनभने म रिसाएको थिएँ। अनि इस्राएलले मलाई त्यागेर गयो, उसले जता इच्छा गर्यो उतै गयो।