Isaiah 57:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू सुगन्‍धित तेल र लेप घसेर मोलेख देवताको पूजा गर्न जान्‍छौ। पूजा गर्नलाई देवता खोज्‍न तिमीहरू चारैतिर टाढा-टाढासम्‍म, पातालमा समेत मानिसहरू पठाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू मोलोखकहाँ भद्राक्षको तेल लिई खूब सुगन्‍धित तेल लगाएर गयौ। तिमीहरूले आफ्‍ना राजदूतहरूलाई टाढ़ाटाढ़ा पठायौ, र आफूलाई चिहानसम्‍मै पुर्‍यायौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ; अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ। तिमीहरूले आफ्नो राजदूतहरू टाढा पठायौ, र तिमीहरू पातालसम्मै ओर्लेर गयौ!
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले आफ्नो झूटा देवता मोलक अघि सुन्दर देखिनलाई आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ। तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ, तर तिनीहरू मृत्युको स्थानमा जानेछौ।