Isaiah 58:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोकालाई खुवायौ र अत्‍याचारमा परेकाहरूको खाँचो पूरा गरिदियौ भने तिमीहरूको चारैपट्टिको अन्‍धकार बदलिएर मध्‍यदिनको उज्‍यालोझैँ हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सम्‍पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्‍ति दियौ, र अत्‍याचारमा परेकाहरूको आवश्‍यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्‍योति अँध्‍यारोमा चम्‍कनेछ र तिमीहरूको रात मध्‍यदिनजस्‍तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ, र शोषणमा परेकाहरूका खाँचो पूरा गरिदियौ भने, तिमीहरूका ज्योति अन्धकारमा चम्कनेछ; अनि अन्धकारचाहिँ मध्यदिनझैँ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भोको मानिसहरूसँग दुख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दुख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।