Isaiah 58:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि म सदा तिमीहरूको अगुवाइ गर्नेछु र असल कुराले तृप्त गराउनेछु। म तिमीहरूलाई स्वस्थ र तन्दुरुस्त राख्नेछु। पुग्दो पानी पाएको बगैँचाझैँ, कहिले नसुक्ने फोहोराझैँ तिमीहरू हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिमीहरूलाई निरन्तर डोर्याउनुहुनेछ, र घामको उखुम गर्मी परेका ठाउँहरूमा पनि तिमीहरूलाई सन्तुष्ट पार्नुहुनेछ, र तिमीहरूका हाड़हरूलाई बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानीले भिजाएको बगैँचाझैँ र नसुक्ने पानीको मूलझैँ हुनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिमीहरूलाई सधैँ अगुवाइ गर्नुहुनेछ; उहाँले सुक्खा भूमिमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ; अनि तिमीहरूको शरीर बलिया पार्नुहुनेछ। तिमीहरू प्रशस्त पानी सिँचेको बगैँचाझैँ, र कहिल्यै नसुक्ने पानीको मूलझैँ हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले सधैं तिमीहरूलाई डोर्याउनु हुनेछ। उहाँले सुक्खा जमीनहरूमा पनि तिमीहरूको आत्मालाई सन्तुष्ट पार्नुहुनेछ। परमप्रभुले तिमीहरूका हड्डीरूमा शक्ति भरिदिनु हुनेछ। तिमीहरू प्रशस्त पानी भएको बगैंचा जस्तो हुनेछौ। तिमीहरू सदा-सर्वदा रहने पानीको श्रोत जस्तै हुनेछौ।