Isaiah 58:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा मानिसहरूले धेरै दिनदेखि ध्वस्त भएका ठाउँ फेरि बनाउनेछन्; पुरानो जगमाथि नै फेरि बनाउनेछन्। तिमीहरूलाई पर्खाल फेरि बनाउने अनि भत्केका घरहरू बनाउने जाति हो भनी चिन्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका मानिसहरूले पुराना भग्नावशेष फेरि बनाउनेछन्। धेरै पुराना जगहरू तिनीहरूले उठाउनेछन्। तिमीहरू ‘भत्केका पर्खालहरू निर्माण गर्ने’ र ‘बस्ने घरहरूका निम्ति बाटो फेरि नयाँ बनाउनेहरू’ भनिनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका मानिसहरूले प्राचीन भग्नावशेषहरू पुनर्निर्माण गर्नेछन्; अनि पुस्तौँदेखिका जगहरू खडा गर्नेछन्; तिमीहरू भत्किएका पर्खाल मर्मत गर्नेहरू, सडकहरूमा बसोबास गर्नलाई सडकहरू बनाउनेहरू भनिनेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका शहरहरू धेरै वर्षदेखि नै ध्वंश भइसकेको हो। ती शहरहरू फेरि नयाँ गरी बनाउनेछौ। नयाँ शहरहरू तिमीहरूले त्यही पुरानो जगहरूमाथि नै बनाउनेछौ। तिमीहरूलाई “भत्केका पर्खालहरू निर्माण गर्ने” भनेर बोलाइनेछ तिमीहरूलाई, “बाटोहरू र घरहरू बनाउनेहरू भनेर बोलाउनेछ।”