Isaiah 58:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले विश्राम-दिनलाई पवित्र राख्यौ र त्यस दिन आफ्ना स्वार्थका कुराको खोजी गरेनौ भने, मेरो पवित्र दिनको कदर गर्यौ र त्यस दिन यात्रा र काम गर्न वा बेकामको कुरा गर्न छोडी त्यस दिनलाई आदर गर्यौ भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले मेरो शबाथ-दिन तोडेनौ र मेरो पवित्र दिनमा आफूखुशी गरेनौ भने, र परमप्रभुको शबाथलाई आदरणीय ठान्यौ, र आफ्नो इच्छाअनुसार नगरी यस दिनलाई मान्यता दियौ र यसमा आफ्नो खुशी नगरी व्यर्थका कुरा गरेनौ भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि तिमीहरूले आफ्ना खुट्टाहरूलाई शब्बाथ उल्लङ्घन गर्नबाट, र मेरो पवित्र दिनमा आफूखुशी गर्नबाट रोक्यौ भने, तिमीहरूले शबाथलाई प्रसन्नता, र याहवेहको पवित्र दिनलाई आदरणीय ठान्यौ, र तिमीहरूले आफ्ना इच्छाअनुसार नचली, आफ्नो इच्छाअनुसार नगरी, अथवा व्यर्थको कुरा नबोलेर त्यस दिनलाई चाहिँ आदर गर्यौ भने,
Nepali ERV (पवित्र बाइबल)
त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ।