Isaiah 58:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तिमीहरू उपवास बस्छौ, तिमीहरूले आफैंलाई दु:ख दिन्छौ, निगालोलेझैँ तिमीहरूले आफ्ना शिर निहुराउँछौ र शरीरलाई खरानी घसेर भाङ्ग्रा ओढाउँछौ? के त्यसैलाई उपवास भन्छौ? के त्यसैले मलाई खुसी पार्छ भनी सम्झन्छौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के मैले चुनेको उपवास यस्तै हो? मानिसले आफैलाई एक दिन मात्र विनम्र राख्ने? के निगालोझैँ आफ्नो शिर झुकाउने र भाङ्ग्रा र खरानी ओछ्याउने दिन मात्र यो हो? के यसैलाई तिमीहरू उपवास र परमप्रभुको निम्ति ग्रहणयोग्यको दिन भन्छौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मानिसले एक दिन मात्र आफूलाई विनम्र तुल्याउने किसिमको उपवास मैले चाहेको हो र? के यो आफ्नो शिर निगालोझैँ निहुराएर भाङ्ग्रा र खरानीमा बस्ने मात्र हो? के यसैलाई तिमीहरू उपवास भन्छौ, के यस्तो उपवास याहवेहले ग्रहण गर्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
के तिमीले त्यो खास दिनहरूमा बसेका उपवास र शरीरलाई दिएको कष्ट हेर्न म चाहन्थे र? के म मानिसहरू उदास भएको हेर्न चाहन्छु भनेर तिमीहरू सोच्दछौ? के तिमीहरू सोच्दछौ कि म मानिसहरू मृत मानिसहरू झैं झुकेका र उदासी पोषाकहरू लगाएको हर्ने चाहन्छु? मानिसहरू खरानीमाथि बसेर आफ्नो शोक प्रदर्शन गरेको हेर्न म चाहन्छु? त्यसैको लागि त तिमीहरू त्यस खास दिनहरूमा उपवास बसेका थियौ। के तिमीहरू सोच्दछौ कि परमप्रभुले नै त्यस्ता चाहेका हुन?