Isaiah 58:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म यस्तो प्रकारको उपवास चाहन्छु: अत्याचारका साङ्ला र अन्यायका जुवा तोडिदेऊ र अत्याचारमा परेकाहरूलाई फुक्का गरिदेऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, र अत्याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले चाहेको उपवास: अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु र प्रत्येक जुवा भाँचिदिनु होइन र?
Nepali ERV (पवित्र बाइबल)
“म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।