Isaiah 58:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले प्रार्थना गर्दा म जवाफ दिनेछु। मलाई पुकार गर्दा म जवाफ दिनेछु। “तिमीहरूले अत्याचार, अवहेलना र मुखका हरेक दुष्ट बोली छोड्यौ भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिमीहरूले पुकारा गर्नेछौ, र परमप्रभुले जवाफ दिनुहुनेछ। तिमीहरूले सहायताको निम्ति बिन्ती गर्नेछौ, र उहाँले भन्नुहुनेछ, ‘म यहीँ छु’। “यदि तिमीहरूले आफ्ना बीचबाट अत्याचारको जुवा फालिदियौ, अरूलाई औँला ठाड़ो गर्न र ईर्ष्यापूर्ण कुरा बोल्न त्याग्यौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले पुकार्नेछौ, र याहवेहले जवाफ दिनुहुनेछ; तिमीहरू सहायताको निम्ति गुहार्नेछौ, तब उहाँले, ‘म यहाँ छु’ भन्नुहुनेछ। “यदि तिमीहरूले अत्याचारको जुवा भाँचिदियौ, एक-अर्कालाई दोष लगाउने काम र दुष्ट कुरा त्यागिदियौ भने,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिमीहरूले परमप्रभुलाई पुकारनेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ। तिमीहरू परमप्रभुलाई बोलाउनेछौ अनि उहाँले भन्नुहुनेछ, “म यहाँ छु।” तिमीहरूले मानिसहरूलाई कष्टहरू र बोझहरू थप्न बन्द गर्नुपर्छ। तिमीहरूले मानिसहरूलाई कट-वचन बोल्न र दोष दिनु छाडनु गर्न पर्छ।