Isaiah 59:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले तपाईंसित विद्रोह गर्‍यौं, तपाईंलाई अस्‍वीकार गर्‍यौं र तपाईंलाई पछ्याउन इन्‍कार गर्‍यौं। हामीले अरूलाई अत्‍याचार गरेका छौं र तपाईंदेखि तर्किगएका छौं। हाम्रा सोचाइ र बोली झूटा छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको विरुद्धमा बागीपन र विश्‍वासघात, हाम्रा परमेश्‍वरलाई पिठिउँ देखाई अत्‍याचार र विद्रोह रचेका छौं, र हाम्रा हृदयले उत्‍पन्‍न गरेका झूटा कुराहरू हामीले बोलेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले याहवेहको विरुद्ध विश्‍वासघात र विद्रोह गरेका छौँ; हाम्रा पिठिउँ परमेश्‍वरतिर फर्काएका छौँ; विद्रोह र अत्याचार गरेका छौँ, र हाम्रा हृदयभित्र सोचेका झूटहरू मुखले उच्‍चारण गरेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले पाप गर्यौ र परमप्रभुको विरोधमा कर्म गर्यौ। हामीले उहाँबाट मुख फर्कायौं र उहाँलाई त्याग्यौ। हामीले परमेश्वरको विरूद्ध पापपूर्ण कुराहरू गर्यौं। हामीले त्यस्ता कुभलो हुने कुराहरू मनमनै सोच्यौ त्यस्तो योजना बनायौं।