Isaiah 59:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अत्‍याचारमा परेकाहरूलाई सहायता गर्ने कोही नदेख्‍दा उहाँ छक्‍कै परेर दु:खित हुनुभएको छ। यसकारण तिनीहरूलाई उद्धार गर्न र न्‍याय दिन उहाँले आफ्‍नै शक्ति प्रयोग गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोही रहेनछ भनी उहाँले देख्‍नुभयो, र कोही मध्‍यस्‍थ पनि नभएकोले अचम्‍म मान्‍नुभयो। यसर्थ उहाँकै आफ्‍नै बाहुलीले त्‍यसको निम्‍ति उद्धार ल्‍याउनुभयो, र उहाँकै धार्मिकताले त्‍यसलाई थाम्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले कोही पनि नभएको देख्नुभयो; मध्यस्थ गर्ने कोही पनि नभएकोले उहाँले अचम्म मान्‍नुभयो; यसैले उहाँकै बाहुलीले उद्धारको काम गर्नुभयो, र उहाँकै धार्मिकताले सम्हाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।