Isaiah 59:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले न्यायलाई छाती-पाताझैँ र मुक्तिलाई कवचझैँ लगाउनुहुनेछ। उहाँ आफैंले सबै कुरा ठीक गर्ने र मानिसहरूले भोगेका अन्यायको निम्ति साटो फेर्न र दण्ड दिने दृढ इच्छाको वस्त्र पहिरहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्त्र लाउनुभयो र जोशलाई पोशाकजस्तै पहिरिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो धार्मिकताको छाती-पाता र आफ्नो शिरमाथि मुक्तिको टोप पहिरिनुभयो; उहाँले बदलाको वस्त्र लगाउनुभयो र जोशलाई पोशाकझैँ पहिरनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले युद्ध तयार गर्नुभयो। परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो। मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक र प्रबल प्रेमको लुगा लगाउनु भयो।