Isaiah 59:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वदेखि पश्चिम दिशाका सबै मानिसहरूले उहाँ र उहाँको महान् शक्तिको डर मान्नेछन्। एउटा उर्लंदो बाढझैँ, वेगवान बतासझैँ उहाँ आउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पश्चिमका देशहरूदेखि मानिसहरूले परमप्रभुका नाउँको भय मान्नेछन्, र सूर्योदयदेखि तिनीहरूले उहाँका महिमाको सम्मान गर्नेछन्। किनकि उहाँ उर्लंदो बाढ़जस्तै आउनुहुन्छ, जसलाई परमप्रभुको सासले हाँकेर ल्याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्नेछन्, र सूर्योदयदेखि नै तिनीहरूले उहाँको महिमा गर्नेछन्। किनकि उहाँ याहवेहको सासले ठेल्दै ल्याएको उर्लंदो भेलजस्तै आउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन् अनि उहाँलाई सम्मान गर्छन्। पूर्वका मानिसहरू डराउनेछन् अनि उहाँको महिमाको आदर गर्नेछन्। तेज बग्ने नदी प्रवल हावाले हुत्याए झैं गरी परमप्रभु झट्टै आउनु हुनेछ।