Isaiah 59:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि म तिमीहरूसित एउटा करार बाँध्छु: मैले मेरा आत्मा र वचन तिमीहरूलाई सदाकालको निम्ति दिएको छु र अब उसो तिमीहरू मेरो वचन मान्नेछौ र आफ्ना छोरा-छोरी र सन्तानलाई आउँदा दिनमा सदासर्वदा ती पालन गर्न सिकाउनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “मेरो करार तिनीहरूसित चाहिँ यही हुनेछ। मेरो आत्मा जो तँमाथि छ, र मेरो वचन जो मैले तेरो मुखमा हालिदिएको छु, त्यो तेरो मुखबाट, तेरो छोराछोरीका मुखबाट, र तिनीहरूका सन्तानका मुखबाट अबदेखि उसो सधैँभरिका निम्ति हट्नेछैन,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह भन्नुहुन्छ, “मेरो करार तिनीहरूसित चाहिँ यही नै हो। तँमाथि मेरो जुन आत्मा छ, त्यो तँबाट हट्नेछैन; अनि मैले तेरो मुखमा राखिदिएको मेरो वचन तेरो मुखबाट अथवा तेरा छोराछोरीहरूका मुखबाट, न त अब उसो तिनीहरूका सन्तानहरूका मुखबाट सदासर्वदाका निम्ति हट्नेछ,” याहवेह भन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूसँग करार गर्नेछु। म वचन दिँदछु कि मेरो आत्मा र वचनहरू जुन म तिमीहरूको मुखमा राख्नेछु त्यसले तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। तिनीहरू तिमीहरूका छोरा छोरी र नाती पनाती सम्म रहनेछन्। तिनीहरू अहिले तिमीहरूसँग हुनेछन् र सर्वदा रहनेछन्।”