Isaiah 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उहाँले मलाई भन्‍नुभयो, “तैँले यी मानिसहरूका बुद्धि बोधो पार्‌, कान बहिरा र आँखा अन्‍धा पारिदे, होइन भने त तिनीहरूले देख्‍नेछन्, सुन्‍नेछन् र बुझ्‍नेछन् र तिनीहरू मतिर फर्कनेछन् र निको हुनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी मानिसहरूका हृदय कठोर, र तिनीहरूका कान नसुन्‍ने पार, र तिनीहरूका आँखा बन्‍द गरिदेऊ, नत्रता तिनीहरूले आफ्‍ना आँखाले देख्‍लान्, र आफ्‍ना कानले सुन्‍लान्, र तिनीहरूका हृदयले बुझ्‍लान्, र फेरि फर्केर तिनीहरू निको होलान्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मानिसहरूका हृदय कठोर तुल्याइदे; तिनीहरूका कानहरू मन्द गरिदे; अनि तिनीहरूका आँखा बन्द गरिदे। नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्, र आफ्ना कानहरूले सुन्लान्; तिनीहरूका हृदयहरूले बुझ्लान्; अनि फर्कलान् र फेरि निको होलान्।”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”