Isaiah 6:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले सोधें, “परमप्रभु कहिलेसम्‍म यो अवस्‍था रहला नि?” उहाँले जवाफ दिनुभयो, “सहरहरू नष्‍ट भएर रित्ता नभएसम्‍म, घरहरू निर्जन र यो देश आफैं उजाड नभएसम्‍म
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले भनें “हे परमप्रभु कहिलेसम्‍म?” र उहाँले भन्‍नुभयो, “जबसम्‍म सहरहरू विनाश भएर बासिन्‍दाविनाका हुँदैनन्, र घरहरू निर्जन हुँदैनन्, र खेतहरूचाहिँ ध्‍वंस र नष्‍ट हुँदैनन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले भनेँ, “हे प्रभु, कहिलेसम्म?” तब उहाँले जवाफ दिनुभयो: “सहरहरू विनाश भएर निर्जन नभएसम्म, र घरहरू नत्यागिएसम्म; अनि खेतहरू पूर्ण रूपले नष्‍ट नभएसम्म,
Nepali ERV (पवित्र बाइबल)
तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?” परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”