Isaiah 6:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देशमा दशौँ भाग मानिसहरू बाँकी रहे भने पनि म ती सबैलाई नाश पार्नेछु तर तिनीहरू काटेर ढालेका फलाँट रूखका ठुटाझैँ हुनेछन्।” (त्यसरी पवित्र बिउचाहिँ त्यस देशमा ठुटो हुनेछ।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यदि त्यस देशमा दशौँ भाग रह्यो भने त्यो फेरि पनि उजाड़ पारिनेछ। तर जसरी तारपीन र फलाँटका रूखहरू काटेर ढाले तापनि ठुटोचाहिँ रहिरहन्छन्, त्यसरी नै त्यस देशमा पवित्र बीउचाहिँ ठुटो हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि देशमा दसौँ भाग छोडिए तापनि त्यो फेरि उजाड पारिनेछ। तर जसरी फलाँटको रूख काटिए तापनि तिनीहरूले ठुटा छोडिराख्छन्, त्यसरी नै पवित्र बिउचाहिँ देशमा ठुटा हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू ध्वंश गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।