Isaiah 6:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका मास्‍तिर आगोको ज्‍वालाझैँ चहकिला स्‍वर्गदूतहरू थिए र तिनीहरू प्रत्‍येकका छ-छ वटा पखेटाहरू थिए। दुई वटा पखेटाले आफ्‍नो मुख, दुईटा पखेटाले आफ्‍नो खुट्टा ढाकेका थिए र अर्को दुईटा पखेटाले तिनीहरू उड्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको मास्‍तिर सराफहरू खड़ा थिए— प्रत्‍येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्‍नो मुख ढाकेका थिए, दुई वटाले आफ्‍ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्‌दैथिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे।
Nepali ERV (पवित्र बाइबल)
सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेटाहरू उड्नलाई प्रयोग गरेका थिए।