Isaiah 6:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, “हाय! म नाश हुनेछु। म नाश हुनेछु किनभने मेरा ओठबाट निस्‍केको हरेक शब्‍द पापमय छ र म अपवित्र ओठ भएका मानिसहरूका बीचमा बास गर्दछु। तर पनि सर्वशक्तिमान् परमप्रभु महाराजालाई मैले आफ्‍ना आँखाले देखेको छु!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले भनें, “धिक्‍कार! म नष्‍ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्‍तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान्‌ परमप्रभु महाराजाधिराजलाई देखेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म कराएँ, “धिक्‍कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”