Isaiah 60:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेमलाई परमप्रभु भन्‍नुहुन्‍छ, “तेरा पर्खाल विदेशीहरूले फेरि बनाउनेछन् र तिनीहरूका राजाले तेरो सेवा गर्नेछन्। आफ्‍नो रिसमा मैले तँलाई दण्‍ड दिएँ, तर अब म तँलाई मेरा कृपा र निगाह देखाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“विदेशीहरूले तेरा पर्खाल फेरि बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्‌। मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तापनि मेरो निगाहमा म तँलाई टिठ्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्, र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्। मैले रिसमा तँलाई प्रहार गरे तापनि मेरो निगाहमा म तँलाई दया देखाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु।