Isaiah 60:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“धूपी, सतिसाल र सालका काठ, लेबनानका बनका सबैभन्दा उत्तम काठ, मेरा मन्दिर शोभायमान बनाउन ती काठ ल्याइनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लेबनानको गौरव तँकहाँ आउनेछ— सल्लोहरू र धूपीका रूखसमेत मेरो पवित्रस्थान सुन्दर बनाउनलाई आउनेछन्, र म मेरो चरणको स्थानलाई गौरवमय बनाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“लेबनानको गौरव तँकहाँ आउनेछ, सल्ला, धूपी र सिसौका रूखहरूसमेत, मेरो पवित्रस्थानलाई सिँगार्न ल्याइनेछन्; अनि म आफ्ना पवित्रस्थानलाई महिमित तुल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
लबानोनका सबै महत्वपूर्ण कुराहरू तिमीहरूलाई दिइनेछ। मानिसहरूले देवदारू धूप्पी रूखहरू तिमीहरूलाई ल्याई दिनेछन्। ती रूखहरू मेरो पवित्र स्थान सुन्दर बनाउनको लागि प्रयोग गरिनेछ, यो मेरो सिंहासन समक्ष एउटा चौकी जस्तो हुनेछ। अनि म यसलाई ज्यादा श्रद्धा दिनेछु।