Isaiah 60:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब उसो तँलाई कसैले तुच्छ ठान्नेछैन, कसैले त्याग्नेछैन: तँ त्यागिएको र उजाड भएको सहर रहनेछैनस्। तँलाई महान् र सुन्दर सदाकालको निम्ति एउटा आनन्दको ठाउँ बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर कोही नगए तापनि म तँलाई सदाको गौरव र सबै पुस्ताको आनन्द तुल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि म तँलाई अनन्तको निम्ति महान् र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू फेरि एक्लै छाडिनेछैनौ। तिमीहरू फेरि हेला हुनेछैनौ। तिमीहरू फेरि रित्तो हुनेछैनौ। म तिमीहरूलाई सदा-सर्वदा महान् बनाउँनेछु। तिमी सदा सर्वदा खुशी हुनेछौ।