Isaiah 60:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आमाले बच्‍चालाई स्‍याहारेझैँ जाति-जाति र राजाहरूले तँलाई स्‍याहार्नेछन्। परमप्रभुले तँलाई बचाएको छु र इस्राएलका शक्तिशाली परमेश्‍वरले तँलाई छुटकारा दिनुभएको छ भनी तैँले जान्‍नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले जाति-जातिहरूको दूध पिउनेछस्‌ र राजकीय थुन चुस्‍नेछस्‌। त्‍यस बेला तैंले यो जान्‍नेछस्, कि म परमप्रभु तेरा मुक्तिदाता र तेरो उद्धार गर्ने, याकूबको परमशक्तिशाली हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले जातिहरूको दूध पिउनेछस्, र राजकीय स्तन चुस्‍नेछस्। तब तैँले जान्‍नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता, तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्‍वर हुँ।
Nepali ERV (पवित्र बाइबल)
जाति जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्। यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ। तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ। तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ। तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ।