Isaiah 60:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म “तँलाई काँसाको सट्टामा सुन, काठ र फलामका सट्टामा चाँदी र काँसा र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। तँमाथि राज्य गर्नेहरूले तँलाई सताउनेछैनन्, न्याय र शान्तिले तीमाथि राज्य गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा काँसा र ढुङ्गाको सट्टा फलाम ल्याउनेछु। शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई काँसाको सट्टामा सुन र फलामको सट्टामा चाँदी ल्याइदिनेछु। म तँलाई काठको सट्टामा काँसा र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। म शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीमा अहिले काँसा छ, “म सुन ल्याई दिनेछु। तिमीसँग अहिले फलाम छ, म तिमीलाई चाँदी ल्याई दिनेछु। म तिम्रो काठलाई काँसा बनाई दिनेछु। म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु। जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।